पुनरागमन जित निकाल्दै अन्नपूर्ण फाइनलमा

Nagarik Sewa 4819+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

काठमाडौं । सगरमाथा स्म्यासर्सविरुद्ध ३–१ सेटको पुनरागमन जित निकाल्दै अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभीएल)को फाइनल प्रवेश गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो सेट २१–२५ ले गुमाएको अन्नपूर्णले त्यसपछिका तीन सेट २५–२३, २५–१४, २५–२० ले आफ्नो पक्षमा पार्‍यो । 

लगातार चौथो जितसँगै अन्नपूर्णले पाँच खेलबाट १२ अंक जोड्यो । पराजय व्यहारेको सगरमाथा भने समान खेलबाट सात अंक जोडेर लिग चरणमै सीमित बनेको छ । 

यसअघि कर्णाली शिवराजसँग पराजित अन्नपूर्णले मधेस वारियर्स, खप्तड फाल्कोन्स र काठमाडौं रेड्सलाई हराएको थियो । यता, खप्तड र मधेसलाई हराएको सगरमाथाले कर्णाली र काठमाडौंसँगको खेल गुमाएको थियो । 

अन्नपूर्णको यो जितसँगै काठमाडौं र कर्णालीले प्लेअफ खेल्ने पक्का भएको छ । प्लेअफमा विजयी हुने टोलीले उपाधिका लागि अन्नपूर्णको सामना गर्नेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार