काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवलाई बर्खास्त गरिएको जिकिर गरेका छन् । बिहीबार (भदौ २५) प्रतिनिधिसभा बैठकमा सिंहले यादवले उनको घरमा यसअघि ‘प्रहरी परिचालन गरिएको’ दिन नै राजीनामा दिनुपर्ने टिप्पणी गरे ।
“माननीय गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन रातमा प्रहरी परिचालन गरिएको थियो,” उनले भने ।
“...गौरीकुमारीको राजीनामा होइन, सही रूपमा भन्ने हो भने बर्खास्ती हो । किनकि, रुँदै निस्किएको भिडियो देखेको छु,” उनले भने ।उनले जति बेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा रहेको बताए । तर, गुन्डा शैलीमा शासन गरिएको उनले आरोप लगाए ।