काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान प्रस्थान गरेका छन् । टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री शिशिर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कि प्रस्थान गरेका हुन्।