मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |
मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |


वामदेवपछि नेकपा एस प्रवेशको तयारीमा भीम रावल: माधव नेपालसँग गोप्य वार्ता

Nagarik Sewa 3912+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

काठमाडौं । नेकपा एमालेको नेतृत्वशैली, वैचारिक विचलन र व्यक्तिवादप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेता डा. भीम रावल अब नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारीमा लागेका छन् ।। एमाले छाडेर केही समय निष्क्रिय जस्तै बनेका वरिष्ठ नेता वामदेव गौतम समाजवादी पार्टीमा प्रवेश गरेसँगै रावल पनि उक्त धारमा लाग्ने संकेत देखिएको हो। भीम रावल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच हालै राजधानीमा भएको गोप्य छलफलले राजनीतिक वृत्तमा चर्चा पाएको छ। 'उक्त छलफल केही घण्टासम्म चल्यो र पार्टी प्रवेशको विषयमा गम्भीर छलफल भयो' स्रोतले बतायाे । समावेशी राजनीति, विचारधाराको स्पष्टता र कार्यकर्ताप्रतिको सम्मानजस्ता विषयमा पनि चर्चा भएको जनाइएको छ।

केही हप्ता अघि एमालेका अर्का वरिष्ठ नेता वामदेव गौतम पनि पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए। गौतमले "विचार, संगठन र राजनीतिक संस्कारमा अधोपतन भइसकेको एमालेमा सुधार सम्भव छैन" भन्दै समाजवादी धार रोजेका थिए। उनीसँगै विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरू पनि समाजवादीमा गएका छन्। भीम रावलको सम्भावित आगमनलाई पनि यसैको निरन्तरता मानिएको छ। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वैचारिक निष्ठामा जोड दिँदै पार्टी विस्तारको अभियान चलाइरहेका छन्। एकतामा भन्दा ‘सिद्धान्तमा निष्ठा’लाई पहिलो प्राथमिकतामा राख्ने नेपालको राजनीतिक यात्रामा रावलजस्तो वैचारिक नेता थपिँदा पार्टीलाई गहिरो वैचारिक धरातल मिल्ने विश्वास गरिएको छ।

डा. भीम रावल २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधि सभामा पहिलोपटक निर्वाचित भएका नेता हुन्। झलनाथ खनाल नेतृत्वको सरकारमा कानुन तथा संसदीय मामिलामन्त्री, माधव नेपाल नेतृत्वको सरकारमा रक्षा मन्त्री तथा केपी ओली नेतृत्वको पहिलो सरकारमा उर्जा मन्त्रीसमेत भइसकेका रावल पार्टीभित्र गम्भीर विचारक र संगठनकर्ता नेताका रूपमा चिनिन्छन्।

उनले बारम्बार एमाले नेतृत्वको आलोचना गर्दै वैचारिक स्पष्टता, कार्यकर्ताको सशक्तीकरण र संगठनात्मक पारदर्शिताको माग गर्दै आएका थिए । तर, अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर आलोचना गर्न थालेपछि उनी पार्टीबाटै निकालिएका थिए ।

 नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए । तर, उनले माधव नेपालसँग गरेको गोप्य छलफल, एमालेप्रतिको बढ्दो असन्तुष्टि र समान वैचारिक धरातलले अब उनी समाजवादी धारमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।  


प्रतिक्रिया

ल्हाक्पा शेर्पा ११ श्रावण २०८२, शनिबार

पहिला धोका दिए पनि अब पार्टी बलियो हुन्छ समाहित हुनु राम्रो ।धुमधामलले स्वागत गर्नु पर्छ ।

Dhan Bdr karki १० श्रावण २०८२, शुक्रबार

हिजो एकैठाउ रहेर कामगरेका पुरानो नेता डा: भिम बहादुर रावल जस्तो इस्पस्ट नेता नेकपा (एकीकृत समाजवादी) मा बिना सर्त समाहित हुनुपर्छ ।

रबिन राई १० श्रावण २०८२, शुक्रबार

पार्टी सुदृढीकरण र शुद्धिकरण हुन्छ ठिकै छ

kul Rawal १० श्रावण २०८२, शुक्रबार

यो समाचार मा भनियका कुरा साच्चै हो कि झुटा हो

Dan Rawal १० श्रावण २०८२, शुक्रबार

Comrad Dr Bhim Rawal jiu aba dhila garnu bhaen , heartly Welcome to our Party !

Uuu ९ श्रावण २०८२, बिहीबार

Hhh

resham nandan ९ श्रावण २०८२, बिहीबार

अध्यक्ष केपी शर्मा ओलीसँगको लामो समयको टकरावपछि रावल पार्टीभित्र अझै पनि अलग्गिएको भावनासहित देखिन्थे। यद्यपि, उनले औपचारिक रूपमा एमाले त्यागको घोषणा नगरे पनि पार्टी बैठकहरूमा उनको सहभागिता घटेको र सार्वजनिक कार्यक्रमहरूमा निष्क्रियता बढेको देखिँदै आएको थियो। k lekheko yo? party le nai nishkashan gareko chha ta . sahabhagita kam vani ke lekheko yo?

यकराज बस्नेत ९ श्रावण २०८२, बिहीबार

एमाले जस्तो बलात्कार , भ्रष्टाचार पार्टीमा राम्रो र देशभक्ति नेता कार्यकर्ता सुहाउँदैन त्यसैले नेकपा एस नै ठिक भिम रावलको लागि ।

Ekindra Kunwar ९ श्रावण २०८२, बिहीबार

यस्ता हावादारी समाचार कुन कारखानामा तयार हुन्छन ?

मन मोहन श्रेष्ठ ९ श्रावण २०८२, बिहीबार

भिमरावल जतिको होनहार राजनीतिकर्मी नेपालमा कमैछन तेसैले उनलाई राजनीतिमैदानको आवश्यक रहन्छ र उनकोक्षमता प्रदर्शनगर्नकोलागि त्यो मैदान नेकपा एसमा हुनसक्छ ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार