काठमाडौं । बहालवाला श्रममन्त्री शरदसिंह भण्डारीले हात्तीपाइले रोगबाट दुई दशकदेखि लडिरहेकी श्रीमतीलाई अस्वीकार गरेर गलफ्रेण्डलाई आधिकारिक श्रीमती बनाएको पाइएको छ । पूर्वसांसदसमेत रहेकी निर्जला राउतलाई श्रममन्त्री शरदसिंह भण्डारीले विधिवत् पत्नीको दर्जा दिएर मन्त्रालयकै लेटरहेड दुरुपयोग गरि सिफारिस गरेको भेटिएको हो । निर्जलाले पूर्व पतिसँग डिभोर्स गरेर शरदसिंहसँग वैवाहिक नाता जोडे पनि शरदले भने पहिलो पत्नीसँग सम्बन्ध तोडेका छैनन् ।

कान्छी पत्नी बन्न अग्रसर बनेकी निर्जलाले भारतीय मूलका अमेरिकी नागरिक कृष्णनसँग सम्बन्धविच्छेद गरेर केही वर्ष अघि नेपाल फर्किएकी थिइन् , नेपाल फर्किएसँगै निर्जला हालका श्रममन्त्री भण्डारीसँग लामो समयदेखि लिभिङ टुगेदरमा रहँदै आएकी थिइन् । निर्जलाको पूर्व पतिबाट दुई छोरी छन् । उनीहरूले थर पनि राउत नभई कृष्णन् नै लेख्छन् । छोरीहरुले हाल अमेरिकाबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
नागरिकताअनुसार निर्जला सिरहा जिल्ला, बस्तीपुर– २ पक्कीटोलकी बासिन्दा हुन् भने अस्थायी रूपमा ललितपुरको भैंसेपाटीमा बस्दै आएकी छन् । भण्डारीले यसबीच गर्लफ्रेण्ड निर्जलालाई दुई पटक सांसद बनाइसकेको विषय पनि चर्चा हुँदै आएको छ । २०६४ मा उपेन्द्र यादवले रेणु यादवलाई उकास्दा निर्जला सांसद बन्न सकेकी थिइनन् तर ०७० को दोस्रो संविधानसभा हुँदै ०७४ को प्रतिनिधिसभामा समानुपातिक सांसद नै बनेकी थिइन् । समाज सुधारमा लागेका मन्त्री नै मन्त्रालयको लेटरहेड दुरुपयोग गरि गलफ्रेण्ड घुमाउने अभियानमा लागेपछि मन्त्रालयका कर्मचारी पनि चकित परेका छन् । सिफारिस गरेपनि विविध कारणले निर्जलाको भ्रमण भने रोकिएको बुझिएको छ ।
देशको नाम किन बेचेको भनेको त यहाँ गर्लफ्रेन्डको नाम पनि बेचियो
Dada moust power full
@Dr. Baburam Bhattarai २० पटक सम्म मन्त्री बन्न सफल भनेर गर्व गरेको तिम्रो झोले यो डाकु शरद सिंह भन्डारी हारामीलाई अब के भन्छौ?? तिम्रो मुख भए खोल। गाडतन्त्रले गर्नसम्म गर्ने भयो प्रभु!