बैंकिङ प्रणालीमार्फत ३० अर्ब निक्षेप संकलन

Nagarik Sewa 4705+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाको लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ । बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो । यसअघि साउन २२ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन गरेको थियो ।

बैंक प्रणालीमा १५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य पूँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरेको हो । कर्जाको माग नबढ्दा लामो समयदेखि यही स्थिति देहोरिँदै आएको छ ।

जारी उक्त उपकरणको बोलकबोल र निष्कासन असार ३ गते हुनेछ र सोको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ  । यसको साँवा तथा ब्याज भुक्तानी २०८३ भदौ ३१ गते हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार