नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक संसद्‍मा पेस गर्न स्वीकृति

Nagarik Sewa 4456+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई सरकारले संघीय संसद्‍मा पेस गर्न स्वीकृति दिएको छ।

 शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पेस गर्न स्वकृति दिएको हो। गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यसैअनुसार  गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्‍मा पेस गरेको थियो।  मन्त्रिपरिषद्को विधयेक समितिमा छलफलपछि विधयेक संघीय संसद्‍मा पठाउने निर्णय भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै