काठमाडौं । सरकारले वरिष्ट सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले गत बुधबार मात्रै रिक्त सचिव पदका लागि पराजुली, रुद्रसिह तामाङ र आभा श्रेष्ठको नाम सरकार समक्ष सिफारिस गरेको थियो ।
यसरी सिफारिस गरिएका मध्ये पहिलो नम्बरमा रहेका पराजुलीलाई सरकारले सचिवमा बढुवा गरेको हो । हाल प्रशासन सेवातर्फ चार सचिव पद रिक्त रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत दुई गरी चार सचिव पद रिक्त रहेका हुन् । पराजुली सचिव बनेसँगै अब प्रशासन तर्फ तीन सचिव पद रिक्त रहेका छन् ।