म अहिलेकै अवस्थामा भृकुटीमण्डप जान्नः शेखर कोइराला

Nagarik Sewa 4431+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताउनुभएको छ। आफूनिकट नेताहरूसँगको छलफलमा उहाँले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताउनुभएको हो।

‘तपाईं कतिजनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो । म जानेवाला छैन । यसरी जानुहुँदैन । मैले यो कुरा सभापतिलाई भनेको छु, कार्यवाहक सभापतिलाई पनि भनेको छु,। गगन(विश्वलाई पनि भनेको छु र गुरु घिमिरेलाई भनेको छु,’ उहाँले भन्नुभयो, ‘नेतृत्वचयनदेखि केके कुरा हो लिखित रुपमा मैले पाउनुपर्‍यो । बल्लमात्रै म आउँछु ।’

उहाँले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन(विश्वले बनाउनुपर्ने बताउनुभयो। त्यस्तै उहाँले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार