मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने

Nagarik Sewa 5112+ समाचार ( )
२३ कार्तिक २०८३, आइतबार

काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो । त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।

लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्जा, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ । समापन समारोह मंसिर २७ मा हुने तय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार