डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री लेखक

Nagarik Sewa 4426+ समाचार ( )
३ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। डाक्टर केशव श्रेष्ठले मंगलबार मन्त्रीक्वार्टर भैँसेपाटीमा गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको असहयोगबारे गुनासो पोखेका थिए। 

भेटका क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका  श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए । 

फेसबुकमार्फत ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो। दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार