मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

१९.८५ अंकले घट्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
१९ माघ २०८२, आइतबार

काठमाडौं। आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार १४ अर्ब ५६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार नौ अर्ब १० करोडमा झरेको छ। 

यसदिन ३२९ वटा धितोपत्रको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच भएको हो। आइतबार ५० कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्। यसदिन मिथिला लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५५५ रूपैयाँ पुगेको छ।

यस्तै, क्रेष्ट माइक्रोलाइफको मूल्य ८.१९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५६८ रूपैयाँ ७० पैसा पुगेको छ। यसैगरी, यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको मूल्य १० प्रतिशतले प्रतिकित्ता मूल्य एक हजार ७७९ रूपैयाँ ४० पैसामा झरेको छ।

यस्तै, रावा इनर्जीको मूल्य ९.३४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५७ रूपैयाँ कायम भएको छ। आइतबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३२६ रूपैयाँमा ५५ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४.४९ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ छ। उक्त कम्पनीको एक हजार ८४६ रूपैयाँमा ५३ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.५५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार