मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो

Nagarik Sewa 5112+ समाचार ( )
२३ कार्तिक २०८३, आइतबार

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। आजको दिन कुकुरलाई मिठो मसिनो खान दिने र उनीहरूको पुजा गरेर माला लगाइदिने प्रचलन छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। त्यसैले आज हिन्दु धर्मावलम्बीहरूले घर घरमा कुकुरको पुजा गरिरहेका छन्। घरमा कुकुर नभएकाहरूले पनि सडकका कुकुरहरूलाई मिठो मसिनो खुवाउँछन्। 

बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा पनि आज कुकुर तिहार मनाएको छ। उपशाखामा कुकुरको कलाकौशल प्रदर्शन गरी कुकुर तिहार मनाएको हो। तालिमप्राप्त कुकुरहरूले आधारभूत अनुशासन, सुरक्षा जाँच, विपदमा उद्धार र ट्र्याकिङको प्रदर्शन गरिएको थियो। सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग ह्याण्डलर गुल्ममा राखिएका तालिमप्राप्त कुकुरहरूलाई कलाकौशल प्रदर्शनमा सहभागी गराइएको थियो। यो गुल्ममा अहिले ३० वटा कुकुरको दरबन्दी रहेको सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप थापा बताउँछन्। 

कलाकौशल प्रस्तुतपछि कुकुरहरूलाई टीका, माला लगाएर पूजा गरिएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार