तोलामा २२ यसले घट्यो सुनको मूल्य

Nagarik Sewa 4376+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं। आज (आइतबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको थियो । आज सुन १ लाख ५० हजार ८०० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । शुक्रबार १ लाख ५३ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार