काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ३०० र चाँदीको मूल्य ६० रुपैयाँ घटेको छ । यस दिन छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा चार हजार ६२५ कायम भएको छ । बुधबार चाँदीको मूल्य चार हजार ६८५ कायम भएको थियो ।