जनकपुरद्वारा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित

Nagarik Sewa 4424+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७=१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

यसअघि पोखराले सात विकेटको क्षतिमा २० ओभर खेल्दै १३८ रन बनाएको थियो । खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको थियो । जारी एनपीएलमा जनकपुरको यो तेस्रो जित हो । एनपीएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनसँग ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार