मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

दक्षिण कोरियाका राष्ट्रपतिले भने– म अन्तिमसम्म लडिरहनेछु
दक्षिण कोरियाका राष्ट्रपतिले भने– म अन्तिमसम्म लडिरहनेछु

Nagarik Sewa 980+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बिहीबार आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् ।

युनले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै गत हप्ता मार्सल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गरेका हुन् ।

उनले आफ्नो प्रयास ‘लोकतन्त्रको पतन’ लाई रोक्ने र प्रतिपक्षको ‘संसदीय तानाशाही’ को विरोध गर्ने कानुनी निर्णय भएको बताए।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ ।

तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरेका छन् । उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।

गत हप्ता मंगलबार र बुधबारको बिचमा, युन सुक-योलले देशमा मार्सल ल लागू गरेका थिए। तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए ।

युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठुलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा मारेको थियो ।

सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ ।
बीबीसी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार