संसद् चल्न नसक्दा विधेयकहरू अड्किएः सभामुख घिमिरे

Nagarik Sewa 4066+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएउनुभएको छ। डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण हुँदा समस्या भएको बताउनुभयो । संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको उहाँले जिकिर गर्नुभयो।

उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर वर्तमानकै जीवन गम्भीर बन्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार