मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

काठमाडौं उपत्यकाका १५ वटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

Nagarik Sewa 4670+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्र, ललितपुरका तीन र भक्तपुरका दुई निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको हो ।

 काठमाडौं–१ मा रन्जु न्यौपाने १४ हजार ४५५ मतसहित विजयी भइन् । कांग्रेसका प्रबल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । कांग्रेसका क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे ।

काठमाडौं–२ मा सुनील केसी ३४ हजार २३८ मतसहित विजयी भए । उक्त क्षेत्रमा कांग्रेसका उमेदवार कबिर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे । 

काठमाडौं–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे । 

काठमाडौं–४ मा पुकार बम २९ हजार १४२ मतसिहत विजयी भए । उनीसँग कांग्रेसका सचिन तिमलसिना पराजित भए । उनले आठ हजार ८२४ मत प्राप्त गरेका थिए । 

काठमाडौं–५ मा ‘हेभीवेट’ उमेदवार ईश्वर पोखरेल, कमल थापा र प्रदीप पौडेललाई हराउँदै स्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भए ।

काठमाडौं–६ बाट विजयी हुँदै शिशिर खनालले दोस्रोपटक संसदीय यात्रा तय गरेका छन् । उनले २७ हजार ७१९ मत प्राप्त गरे । 

काठमाडौं–७ बाट गणेश पराजुली करिब २४ हजार मतान्तरले विजयी भए । उनले २७ हजार ८०५ मत प्राप्त गरे ।

काठमाडौं–८ बाट यसअघि पनि निर्वाचित विराजभक्त श्रेष्ठ विजयी भए । उनी करिब २१ हजार मतान्तरसहित विजयी भएका हुन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरे । 

काठमाडौं–९ बाट डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भए । काठमाडौं १० मा ३७ हजार ४६९ मतसहित विजयी भए ।

ललितपुर–१ मा बुद्धरत्न महर्जन २३ हजार ३७३ मत प्राप्त गरे । कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणालाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

ललितपुर–२ मा जगदीश खरेल ३९ हजार ४९१ मतसहित निर्वाचित भएका छन् । 

ललितपुर–३ मा तोसिमा कार्की ४३ हजार ९६ मतसहित विजयी भएकी छन् । उनी यसअघि पनि यस क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीको गढ भत्काउँदै रास्वपाका रुकेश रन्जित निर्वाचित भएका छन् । उनले नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतले हराएका हुन् । रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरे ।

भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै राजीव खत्री निर्वाचित भए । खत्री करिब २२ हजार मतान्तरले विजयी भएका हुन् । उनले ४२ हजार ३३४ मत प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार