मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

त्रिविले बनायो अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति

Nagarik Sewa 4669+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् ।  यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन ।

त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा ३ सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिनुभयो । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने छ । समिति बनाएर काम सुरु गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘तथ्यांक संकलन भएपछि नफर्किनेलाई कारबाही हुन्छ ।’

नफर्किएका शिक्षकको खोजबिन सुरु गरिएको समितिका संयोजक काफ्लेले बताउनुभयो । ‘कति शिक्षक फर्किएका छैनन् । कहाँ छन् खोजबिन सुरु गरेका छौं,’ समिति संयोजक काफ्लेले भन्नुभयो ।

विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ । यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ। बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै