मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |
मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |


सरकारको प्राथमिकतामा संविधान संशोधन परेनः अध्यक्ष नेपाल

Nagarik Sewa 5112+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

काठमाडौं। मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताउनुभएको छ। 

अध्यक्ष नेपालले संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, ‘सामान्यतया, देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहन्छ । समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ । हाम्रो देशमा पनि २०७२ साल संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ । संविधानको कागजमा लेखिएको भएपनि त्यो व्यवहारमा लागू हुन सकेको छैन । व्यवहारमा लागू गर्ने कसरी यसको बारेमा गहिरो चिन्तन पनि छैन, बहसको पनि आवश्यकता महसुस गरिँदैन । आफू सत्तामा कसरी पुग्ने, त्यस हिसाबले समय बिताउने काम गरिएको पाइन्छ ।’

संसारका अरू देशमा सबैभन्दा ठुलो सरकारमा र दोस्रो ठुलो पाटी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसद्का दुवै ठुला राजनीतिक दल सरकारमा बसेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसारका अरू देशमा सबैभन्दा ठुलो पार्टी सरकारमा हुन्छ, दोस्रो ठुलो पार्टी प्रतिपक्षमा बसेको हुन्छ । तर हाम्रोमा सबैभन्दा ठुलो पार्टी पनि दोस्रो ठुलो पार्टी पनि सरकारमा बसेका छन् । किन बसेका होलान् भनेर सोच्दा खेरी संविधान संशोधन गर्नुपर्ने भयो त्यो हुनाले हामी दुवैले मिल्नुभयो भन्ने व्याख्या पनि गरेका छन् ।’ 

अध्यक्ष नेपालले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताउनुभयो। उहाँले इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गरे । केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोसिस गरेको बताउँदै उनीहरूले हिंसात्मक र आफूहरूको वास्तविक रूप देखाएको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अस्ति भर्खरै देख्नुभयो, इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउन मान्छेहरूले कोसिस गरेका थिए । उनीहरूले हामीले गरेकै कार्यक्रमको दिनमा अर्को आमसभा गरे । उनीको आम सभा अत्यन्तै हिंसात्मक रह्यो, हाम्रो पार्टी कार्यालयमा आगो लगाए । समान चोरेर लगे, तोडफोड गरे, यति सम्मकी मेरो घरमा पनि आक्रमण गरे । व्यापारीहरूको पसलमा पनि आगजनी गरे । निजी घरहरूमा पनि आक्रमण गरे र उनीहरूले आफ्नो वास्तविक रूप देखाए । यिनीहरूको हातमा शासन जाने हो भने कसरी चलाउँदा रहेछन् त्यो कुरा उनीहरूले आफ्नो संस्कार देखाए । त्यसै दिन हामीले भृकुटीमण्डपमा कार्यक्रम गरेका थियौँ, कति शालीन थियो, कति प्रभावशाली थियो, कति संस्कारी थियो । त्यो सबैले देखे । दुई वटैलाई तुलना गरे । हाम्रो समाजवादी मोर्चाको कार्यक्रम, नेकपा (एकीकृत समाजवादी) सहभागी भएको कार्यक्रमले जनतामा उत्साह बढायो, राम्रो सन्देश दियो । प्रतिगामीहरूले गरेको कार्यक्रमले जनतामा वितृष्णा बढायो । त्यसैले राजसंस्था फर्कने सम्भावना छैन । कसैले कल्पना गरेको छ भने त्यो सपना नदेख्न म आग्रह गर्छु ।’

उहाँले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी, कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार