काठमाडौं। विभिन्न कारणबस कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ। कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ।
दूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बस्दै आएकाहरु रहेका छन् ।
उनीहरूलाई दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहरीकरणमा बुधबार नै काठमाडौँ पठाइएको बताइएको ।