मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय

Nagarik Sewa 4866+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

टवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा प्रेसर कुकर बम फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेका वेला आज बिहान करिब साढे १०बजेतिर प्रेसर कुक बम देखेका थिए । त्यसपछि स्थानीय प्रशासनलाई जानकारी गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार बम पुरानो र खिया लागेको अवस्थामा थियो । नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको कार्कीले बताए ।

बम कसले र कहिले राख्यो भन्ने विषयमा केही नखुलेको र अनुसन्धानको क्रममै रहेको उनले बताए ।

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडीको ब्याट्री लगायतका उपकरण जडान गरेर राखिएको थियो ।

ब्यागमा राखेको कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।

बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार