मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री

Nagarik Sewa 4866+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् । यो उनको पहिलो विदेश भ्रमण पनि हो । प्रधानमन्त्रीको पहिलो विदेश यात्रामा पहिलेका केही परम्पराहरु तोडिने भएका छन् । विमानस्थलमा पहिलेजस्तो तामझाम नगरी प्रधानमन्त्रीको प्रतिनिधिमण्डल प्रस्थान गर्ने छ । बिदाइका नाममा एयरपोर्टमा मन्त्रीदेखि उच्चपदस्थहरुको लावालस्कर देखिने छैन ।

प्रधानमन्त्री सचिवालयले उच्च स्रोतले देशको परिस्थितिका कारण पनि तामझाम गर्ने अवस्था नरहेको बताए । स्रोतले भन्यो, ‘प्रधानमन्त्री यसै पनि अनावश्यक तडकभडक गर्न रुचाउनुहुन्न । त्यसमाथि अहिले देशमा राष्ट्रिय विपत्तिकै अवस्था छ । त्यसैले बिमानस्थलमा बिदाइको तामझाम गर्ने कुनै तयारी छैन ।’

यसअघिका प्रधानमन्त्रीहरू औपचारिक विदेश भ्रमणमा जाँदा सेनाले गार्ड अफ अनर दिने पनि परिपाटी थियो । यो परिपाटी पनि आज भंग हुन सक्छ । प्रधानमन्त्री निकट स्रोतले गार्ड अफ अनर अनिवार्य लिनै पर्ने कुनै प्रोटोकल वा कानूनी वाध्यता रहे/नरहेको अध्ययन भइरहेको बतायो । ‘कुनै नियम-कानून वा कार्यविधिले त्यस्तो अनिवार्यता गरेको भए बेग्लै कुरा । होइन भने प्रधानमन्त्रीले गार्ड अफ अनर पनि लिनुहुन्न । अरु देशमा पनि हामीले यस्तो अभ्यास देखेका छैनौं,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीको भ्रमण दल पनि विगतको तुलनामा छरितो छ । प्रधानमन्त्री शाहसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुईजना सुरक्षाकर्मी र एकजना शिष्टाचार अधिकृत न्युयोर्क जानेछन् । मंगलबार साँझ ७ बजे कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली भने अमेरिका पुगिसकेको छ । प्रधानमन्त्रीका स्वकिय सचिव प्रदीप परियार र सुवास शर्मा पनि न्युयोर्कमै छन् ।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको ‘जनरल डिबेट’ लाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता हुने छ । प्रधानमन्त्री शनिबार काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै