मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक

Nagarik Sewa 5112+ समाचार ( )
५ अशोज २०८३, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक लगाएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्त भाग्ने जोखिम वा अरूलाई क्षति पुर्‍याउन सक्ने अवस्था नरहे हतकडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको हो ।

हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले सर्वोच्चमा दिएको रिट निवेदनको सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।

पक्राउ पर्नेबित्तिकै सबैलाई हतकडी लगाउने अभ्यास संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नभएको सर्वोच्चको आदेशमा उल्लेख छ ।''हतकडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्म सो सम्बन्धमा अन्य कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने काम नगर्नू,'' आदेशमा भनिएको छ ।

हतकडी लगाउनैपर्ने अपरिहार्य परिस्थिति रहेमा त्यसको कारण र प्रयोगको अभिलेखसमेत राख्न सर्वोच्चले प्रहरीलाई भनेको छ ।

प्रहरी ऐन, २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले पक्राउ परेको व्यक्ति भाग्न खोजेमा वा जोरजुलुम गरेमा नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्न सकिने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रहरीले पक्राउ परेकालाई हतकडी लगाउने अभ्यास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै