९२ लाख रुपैयाँसहित ३ जना पक्राउ

Nagarik Sewa 4685+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं। स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित ३ जना जोरपाटीबाट पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन्।

उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले कहाँबाट रकम ल्याएर कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए।  पक्राउ परेकाहरू सुन कारोबार गर्नेहरू रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार