मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

क्यानडाले घटायो नेपालसँग अंक दूरी

Nagarik Sewa 5112+ समाचार ( )
२९ अशोज २०८३, बिहीबार

काठमाडौं । क्यानडाले आईसीसी क्रिकेट विश्व लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा  घरेलु टोली ओमानविरुद्ध ५८ रनको जित निकालेको छ । जारी शृंखलामा क्यानडाको यो पहिलो जित हो । यसअघि क्यानडाले ओमान र नेपालसँग हार व्यहोरेको थियो ।

यता, ओमानको यो लगातार दोस्रो हार हो । यसअघि क्यानडालाई हराएको ओमान नेपालसँग पराजित भएको थियो । बिहीबार अल अमिरेत रंगशालामा क्यानडाले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा १९८ रनमै समेटियो ।ओमानका हम्माद मिर्जाले ४९, हसनैन उल वाहबले २९,  हसनैन शाहले २७, जय ओडेदराले अविजित १८, जतिन्दर सिंह र नदिम खानले १३–१३, कप्तान विनायक शुक्लाले ११ र मुजिबर अलीले १० रन बनाए ।

क्यानडाका जाहिद शिर्जाद र सहिल पटेलले तीन-तीन, कलिम सानाले दुई तथा हर्ष थाकरले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्याडानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।

क्यानडाका समित गोहेलले सर्वाधिक ६७ रनको योगदान गरे । उनले ८५ बलमा पाँच चौका प्रहार गरे । यसैगरी, आदित्य वर्दराजनले ५५, कप्तान हम्जा तारिकले अविजित ३७, ओरोन जोनसनले ३३, सहिल पटेलले २० र हर्ष थाकरले १३ रन बनाए ।

ओमानका हसनैन शाहले तीन, जय ओडेदरा र मुजिबर अलीले दुई–दुई तथा सकिल अहमद, नदिन खान र करण सोनावालेले एक–एक विकेट लिए । जितसँगै क्यानडाले नेपालमाथि दबाब बढाएको छ । टोलीले नेपालसँगको दूरी घटाएर एक अंकमा झारेको छ ।

हाल क्यानडा ३५ खेलबाट २७ अंकका साथ सातौँ स्थानमा छ । एक खेल कम खेलेको नेपाल २८ अंकका साथ छैटौँ स्थानमा छ । पराजित ओमान ३१ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ । अब क्यानडाले शनिबार र ओमानले सोमबार नेपालको सामना गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै