काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार भने सुन तोलामा दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी तोलामा तीन हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।