मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत गर्ने कसरत जारी

Nagarik Sewa 4670+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता सकभर आज (वैशाख १३) टुंगो लगाउने तयारी छ ।  शुक्रबार (वैशाख ११) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट दलको नेता छान्न कार्यदल बनाइएको थियो । उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलमा अर्का उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य छन् । कार्यदललाई ७२ घण्टाको समयावधि दिइएको थियो ।

कांग्रेस महामन्त्री पौडेलले  भने, “कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले हाम्रो कार्यदललाई जिम्मा दिएको छ । सर्वसम्मतिको सम्भावना छ । हामी आजै टुंगो लगाउँदै छौँ । टुंगो लगाउन सकिएन भने भोलि निर्वाचन हुनेछ । त्यसकारण पनि आजै टुंगो लगाउने कसरतमा हामी जुटेका छौँ ।”

शुक्रबारको निर्वाचन कार्यतालिका स्थगन गरी सर्वसम्मतको गृहकार्यका निम्ति कार्यदल गठन गरिएको थियो । कांग्रेस संसदीय दलको नेताका निम्ति अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निश्कल राई आकांक्षी छन् । संसदीय दलको नेतामा दाबी गरेकी सांसद थापाले अहिलेसम्म कोही पछि नहटेको बताइन् । 

“हामी आकांक्षा राख्ने सबैले माइन्ड मेकअप गरेका छौँ,” उनले भनिन्, “सर्वसम्मतिको प्रयास कार्यदलले जारी राखेको छ । (आइतबार) बेलुकासम्म टुंगो लाग्नेछ ।” प्रतिनिधिसभामा सहभागी ६ दलमध्ये कांग्रेसले मात्र संसदीय दलको नेता टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार