तोलामा १ हजार ५०० ले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4376+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । 

यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार