काठमाडौं क्षेत्र नम्बर–८ मा रास्वपाका उमेदवार विराजभक्त श्रेष्ठ विजयी

Nagarik Sewa 4393+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

उनी २४ हजार ५९२ मत ल्याएर सांसद निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले तीन हजार २१७ मत ल्याए । उनीहरूबीचको मतान्तर २१ हजार ३७५ रह्यो ।

नेपाली कांग्रेसकी उमेदवार सपनाराज भण्डारी दुई हजार ८३५ मतसहित तेस्रो स्थानमा रहिन् । चौथो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार राजेश शाक्यले एक हजार ९०९ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार नवीन शाहीले पनि एक हजार ९०९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।  ०७९ सालको निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार