काठमाडौं। नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार प्रहरीले चितवनबाट पक्राउ गरेको छ। जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ ।
सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनी २०७९ को स्ववियु चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसको सभापति निर्वाचित भएका थिए ।