काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले प्रधानमन्त्री र मन्त्रीहरूको क्वाटरमा ग्यासको अभाव छ कि छैन भनि सोधेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले रास्वपाको सरकार आएपछि सरकारी कार्यालयमा ‘नो लाइन वानली अनलाइन’ भनी आफैँले गरेको वाचा स्मरण गरे । “भात पकाउने ग्यासका लागि जनता दिनभर र रातभर, मध्यरातसम्म लाइनमा बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ,” उनले भने ।
उनले सरकारलाई दुई प्रश्न गरे । “ग्यासको अभाव देशैभर छ । प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ?,” उनले सोधे, “यदि कृतिम अभाव सिर्जना भएको हो भने सरकारले भनेजस्तै ग्यास ह्वारह्वारती आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेहरूलाई कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ दुईतिहाइको सरकारलाई ?”