बराबरीमा टुंगियो नेपाल र बंगलादेशबीचको खेल

Nagarik Sewa 4431+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

काठमाडौं ।  नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेका थिए । तर दुवै टोली फिनिसिङमा कमजोर देखिए ।

अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल‌ हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट‌ हुनेछ । एन्फाले दुई खेलपछि समग्र‌ नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार