आज नेपाल शिक्षक महासङ्घले ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने

Nagarik Sewa 4680+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

काठमाडौं। नेपाल शिक्षक महासङ्घले आज बिहान ११ बजेदेखि १ बजेसम्म ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ। अध्यक्ष लक्ष्मी किशोर सुवेदीले लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन गर्ने भएका छन्। त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ । 

जनता समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प कुँवरले गर्नेछन् भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन ८महासचिव तुलाबहादुर थापाले गर्नेछन् । राष्ट्रिय जनमोर्चा कार्यालयमा हुने कार्यक्रमको संयोजन सचिव कल्पना पनेरुले गर्नेछिन् । 

धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार