तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4501+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौं। साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले वृद्धि भएको छ । 

यसअघि आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सय रहेको थियो । आज सुनको मूल्य १ लाख ९३ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार