जेनजीहरूको आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा

Nagarik Sewa 4851+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईंले  ‘जेनजी’ युवाहरूले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले फेसबुकमा लेखेका छन्। उनले फेसबुकमा गरेको पोस्टमा धेरैले कमेन्ट गर्दै उक्त आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन्। जेनजी समूहले भोलि सोमबार प्रदर्शनको तयारी गर्दै सोसल मिडिया क्याम्पेन गरिरहेका छन् ।

राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ । धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार