मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

अमेरिकाद्वारा क्यानेडियन स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर फिर्ता

Nagarik Sewa 5112+ समाचार ( )
२८ फाल्गुन २०८१, बुधवार

एजेन्सी । क्यानाडाको ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा कर घटाएपछि संयुक्त राज्य अमेरिकाले क्यानाडाको स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने आफ्नो योजना उल्टाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाविरुद्ध ५० प्रतिशत करको बदलामा आफ्नो कार्यकारी शक्ति प्रयोग गर्ने धम्की दिएपछि ओन्टारियो प्रिमियर डग फोर्डले (वाणिज्य) सचिव (हावर्ड) लुटनिकसँग कुरा गर्दै संयुक्त राज्य अमेरिकामा बिजुली निर्यातमा २५ प्रतिशत शुल्क लागू गर्नबाट पछि हटेको बताउनुभयो । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले यसबारे जानकारी दिनुभएको हो ।

यसअघि मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा क्यानाडाको ओन्टारियो प्रान्तबाट बिजुली निर्यातमा करको प्रतिक्रियामा क्यानाडाबाट स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने बताउनुभएको थियो । जसले कुल कर ५० प्रतिशतमा पु¥याएको थियो । त्यसको केही समयपछि ओन्टारियोले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा २५ प्रतिशत अधिभार निलम्वन गर्न सहमति जनाएको थियो ।

ओन्टारियोका प्रिमियर डग फोर्ड र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको संयुक्त विज्ञप्ति अनुसार फोर्डले बिहीवार लुटनिकसँग भेट्न र अप्रिल २ को पारस्परिक ट्यारिफ समयसीमा अगाडि नवीकरण गरिएकोबारे छलफल गर्न वाशिंगटनको यात्रा गर्ने बताइएको छ ।

यसअघि ट्रम्पले क्यानडा र मेक्सिकोमा व्यापक २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गर्नुभएको थियो । जुन मार्च ४ मा लागू भएको थियो । यद्यपि दुई दिनपछि, ट्रम्पले आफ्नो अडान उल्ट्याएर ट्यारिफ उपायहरू समायोजन गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै