अदालतको निकोलस भुसाललाई छाड्न आदेश

Nagarik Sewa 4640+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं। जिल्ला अदालत कास्कीले निकोलस भुसाललाई छाड्न आदेश दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेको हो । उनलाई म्याद थपको लागि अदालत लगिएको थियो।  

उनले कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेका थिए। भुसाललाई गत आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको थियो।

यसअघि भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका थिए। उक्त फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ। आफू रास्वपाको सदस्य नभएको समेत उनले बताएका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार