४ वटा संसदीय समितिको बैठक बस्दै

Nagarik Sewa 4809+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

काठमाडौं। आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अहिले बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ। साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ।

मध्याह्न साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार