माओवादीको स्थायी कमिटी बैठक जारी

Nagarik Sewa 4387+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। सोमबार बिहान ११ बजे बैठक बस्न लागेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ।शुक्रबारदेखि जारी बैठक आजै सक्ने तयारी छ। 

बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए। बैठकमा अधिकांश  स्थायी कमिटी सदस्यहरूले आफ्नो धारण राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका छन्। तर, उपहासचिव जनार्दन शर्माले  नेतृत्व कमजोरीका हिसाबले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा अध्यक्ष प्रचण्डले नेता शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए। पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै प्रचण्डले अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै