मुख्य समाचार
संघर्षबाट सफलता : प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष बिपिन सापकोटाको प्रेरणादायी यात्रा | शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा |
मुख्य समाचार
संघर्षबाट सफलता : प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष बिपिन सापकोटाको प्रेरणादायी यात्रा | शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा |


संघर्षबाट सफलता : प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष बिपिन सापकोटाको प्रेरणादायी यात्रा

Nagarik Sewa 4678+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

काठमाडौं । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको साधारण परिवारमा जन्मिएका बिपिन सापकोटा आज प्रवासमा संघर्ष, इमानदारी, संगठनप्रतिको समर्पण र उद्यमशीलताको परिचय बनेका छन्। गाउँबाट सुरु भएको उहाँको जीवनयात्रा काठमाडौं हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) सम्म आइपुग्दा उहाँले राजनीतिक, सामाजिक र व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल हुनुभएको छ।

बाल्यकालदेखि नै सामाजिक चेतना र नेतृत्व क्षमता भएका उहाँ युवाअवस्थामै नेकपा एमालेको विचार, सिद्धान्त र संगठनसँग जोडिनुभयो। काभ्रे जिल्लामा भातृ तथा जनसंगठन, गाउँ कमिटी, वडा कमिटी हुँदै पार्टी संगठन विस्तारका विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै उहाँले जनताको बीचमा पार्टीको विचार र नीति पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। पार्टीप्रतिको निष्ठा, अनुशासन र सक्रियताका कारण उहाँ कार्यकर्तामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुभयो।

समयको परिवर्तनसँगै उहाँको परिवार काभ्रेबाट काठमाडौं क्षेत्र नं. ३, गोकर्णेश्वर नगरपालिका–५ मा बसाइँ सर्‍यो। काठमाडौं आएपछि पनि उहाँको राजनीतिक सक्रियता निरन्तर रह्यो। संगठन निर्माण, कार्यकर्ता परिचालन र सामाजिक गतिविधिमा उहाँ पहिलेझैँ सक्रिय रहनुभयो।

राजनीतिक यात्रासँगै उहाँले आत्मनिर्भर बन्न विभिन्न व्यवसायहरू सञ्चालन गर्नुभयो। होटल व्यवसाय, रेस्टुरेन्ट सञ्चालन, दोहोरी साँझ सञ्चालन तथा गेस्ट हाउस व्यवस्थापनजस्ता क्षेत्रमा उहाँले मेहनतपूर्वक काम गर्नुभयो। व्यवसाय सञ्चालनका क्रममा प्राप्त अनुभवले उहाँलाई नेतृत्व, व्यवस्थापन र उद्यमशीलताको व्यवहारिक ज्ञान प्रदान गर्‍यो।

तर जीवन सधैं सोचेजस्तो हुँदैन। पारिवारिक तथा आर्थिक परिस्थितिका कारण उहाँ २०७२ सालमा रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) जान बाध्य हुनुभयो। विदेशको यात्रा सहज थिएन। प्रारम्भिक दिनहरूमा उहाँले ट्याक्सी चालकका रूपमा काम गर्नुभयो। त्यसपछि लिमोजिन चालकका रूपमा आफ्नो पेशागत यात्रा अगाडि बढाउनुभयो। कठिन परिश्रम, इमानदारी र दृढ आत्मविश्वासकै बलमा उहाँले आफूलाई स्थापित गर्दै लैजानुभयो।

विदेशमा रहँदा पनि उहाँले आफ्नो राजनीतिक र सामाजिक प्रतिबद्धतालाई कहिल्यै त्याग्नुभएन। नेपालमा जस्तै यूएईमा पनि नेपाली समुदायलाई संगठित गर्ने, सामाजिक एकता कायम गर्ने र नेकपा एमालेको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। लामो समयसम्म प्रवासी नेपाली मञ्च मार्फत संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा नेपाली समुदायको हितका पक्षमा उहाँले उल्लेखनीय योगदान पुर्‍याउनुभयो।

पछिल्लो राजनीतिक परिवेशमा संगठनात्मक परिवर्तनसँगै उहाँ हाल प्रवासी नेपाली एकता मञ्चका अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ। उहाँको नेतृत्वमा मञ्चले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहयोग, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको जिम्मेवारीलाई अझ सशक्त बनाउने प्रयास गरिरहेको छ।

राजनीतिक तथा सामाजिक योगदानसँगै उहाँले व्यवसायिक क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गर्नुभएको छ। उहाँद्वारा स्थापित HRBS Real Estate कम्पनी आज यूएईमा नेपाली समुदायमाझ विश्वासिलो नामका रूपमा परिचित बन्दै गएको छ। उहाँको व्यवस्थापनमा हाल आठवटा फ्ल्याट सञ्चालनमा रहेका छन्, जहाँ नेपालीहरूका लागि पार्टिसन, रुम स्पेस, बेड स्पेस तथा सुरक्षित र व्यवस्थित आवासीय सुविधा उपलब्ध गराइँदै आएको छ। विशेषगरी अबुधाबीको साबिया क्षेत्रमा नयाँ आउने नेपालीहरूलाई सहज बसोबासको व्यवस्था मिलाउन उहाँले महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ।

उहाँको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन, संघर्षलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो। गाउँको सामान्य परिवेशबाट सुरु भएको यात्रा काठमाडौं हुँदै यूएईसम्म पुग्दा उहाँले आफूलाई सफल व्यवसायी, सक्षम संगठक, समाजसेवी र नेतृत्वदायी व्यक्तित्वका रूपमा स्थापित गर्नुभएको छ।

आज पनि उहाँ प्रवासमा रहेका नेपालीहरूको सुख–दुःखमा साथ दिँदै, सामाजिक उत्तरदायित्व निर्वाह गर्दै र मातृभूमिप्रतिको माया तथा समर्पणलाई कर्ममार्फत प्रमाणित गरिरहनुभएको छ। संघर्ष, इमानदारी, निरन्तर मेहनत र संगठनप्रतिको अटल विश्वासले मानिसलाई जुनसुकै उचाइमा पुर्‍याउन सक्छ भन्ने उदाहरण कमरेड बिपिन सापकोटाको जीवनयात्राले स्पष्ट रूपमा प्रस्तुत गरेको छ।

संघर्षको बाटोमा कहिल्यै नथाक्ने, संगठनको यात्रामा कहिल्यै नडगमगाउने र सफलताको शिखरसम्म पुगेर पनि समाजलाई नबिर्सने व्यक्तित्वका रूपमा कमरेड बिपिन सापकोटा धेरै नेपाली युवाका लागि प्रेरणाका स्रोत बनेका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार