कतारको दोहा उड्न लागेको उडान रद्द भएपछि गए रातिदेखि विमानस्थलमा यात्रुहरु अलपत्र

Nagarik Sewa 4695+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

काठमाडौं। इरानले कतारमा आक्रमण गरेपछि कतारको दोहा उड्न लागेको उडान रद्द भएर रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्। राति ११ बजेदेखि यात्रुहरू विमानस्थलमै अलपत्र बनेका छन्। 

सोमबार राति ११ बजे कतारको दोहा उड्न लागेको नेपाल एयरलाइन्सको विमान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ। नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो। त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका हुन् । उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले खाडी मुलुकको उडानले निरन्तरता पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार