रास्वपा छोड्नेहरुको लर्को नुवाकोट र बर्दघाटका नेताले छाडे पार्टी

Nagarik Sewa 4431+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी बिचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।

रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले लेखेका छन् ।

थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए । २०७९ सालमा नुवाकोट क्षेत्र नम्वर २ का उम्मेदवार रहेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिने थापाको बर्हिगमनलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका  बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् ।

राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि उनी निकट पार्टी नेताहरूका अनुसार कांग्रेसबाट चुनावको मुखमा पार्टी प्रवेश गरेका खनाललाई टिकट दिँदा नवलपरासीको समग्र रास्वपा पार्टी पंक्तिले पार्टी निर्माणमा गरेको योगदानको अवमूल्यन भएको, पार्टी नेतृत्वले भन्ने एकथरी र व्यबहार ठीक उल्टो भएको महसुस गरेर राजीनामा दिएको बताए ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए । संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न मुख्य भूमिका खेलेका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने  मान्यता स्थानीय पार्टी पंक्तिमा रहेकोमा खनाललाई टिकट दिए पछि रास्वपा मा असन्तुष्टि छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार