मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित

Nagarik Sewa 4670+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन्। तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको तुल्सीलाल अमात्यको २९औं स्मृति दिवस कार्यक्रममा नेपाललाई सम्मान गरिएको हो ।

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्मान ग्रहण गरेपछि सम्बोधन गर्दै नेपालले जनआन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताहरूका घरमा आगजनी हुँदा मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा ठूलो क्षति पुगेको बताएका छन्।

उनले आन्दोलनका क्रममा विभिन्न ऐतिहासिक दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको उल्लेख गर्दै त्यसको असर विभिन्न संस्थाले समेत भोग्नुपरेको बताए। उनका अनुसार नेकपा एमालेको पुस्तकालय र त्यहाँ रहेका बहुमूल्य पुस्तकहरू पनि आगजनीबाट नष्ट भएका थिए।

नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्‍याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्ताले इतिहास र त्यसका योगदानकर्तालाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद भएको बताए।

उनले समाजमा बढ्दो हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै अरूको घर, सम्पत्ति र परिवारमाथि हुने हिंसाको पीडा आफ्नै परिवारमाथि परेको भए कस्तो हुन्थ्यो भन्ने सोच्न आवश्यक रहेको धारणा राखे। समाजमा सहिष्णुता, सम्मान र जिम्मेवारीको संस्कार विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

नेपालले सबैलाई आत्ममन्थन गर्दै सही र गलत कार्यको समीक्षा गर्न तथा हिंसा र विनाशको संस्कृतिबाट टाढा रहन आग्रह गरे। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै