मुख्य समाचार
यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू | फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन | राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी हाम्रो होः संयोजक प्रचण्ड | प्रेम दिवस विशेष कविताः खै के बनेर आयौ तिमी मेरो जिवनमा? | सिन्धुपाल्चोक २ मा मतदाताको मन जित्दै चौलागाईं : ठूला दल दबाबमा, चुनावी माहोल थप रोचक बन्दै | रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु | १७ औँ राष्ट्रिय बाल नाट्य महोत्सव रूसी घर काठमाडौंमा सुरु | एसियाली खेलकुदलक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन | उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै | सुनको मूल्यमा वृद्धि |

सुदूरपश्चिम रोयल्ससँग काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित

Nagarik Sewa 4035+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो । काठमान्डुका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए । सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए । यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे । ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए । रोहन मुस्तफा भने ४ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमान्डुका लागि राशिद खानले २ तथा कप्तान करण केसी, साहब आलम र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार