मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

रास्वपा र बालेनबिच सहमति

Nagarik Sewa 4519+ समाचार ( )
१३ पौष २०८२, आइतबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ। आज (आइतबार) भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ।

रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो। विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो। पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः यो सहमतिमा पुगिएको हो।

सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ।

सहमति अनुसार बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने उल्लेख छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै