काठमाडौं। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर भएको छ। गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८।४१ प्रतिशतले घटेको छ। बुधबार र बिहीबार दुवै दिन स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी भने तोलामा १५ रूपैयाँले बढेर २ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।