मिनी ट्रक दुर्घटना हुँदा १४ जनाको मृत्यु

Nagarik Sewa 4435+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एक मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छन् भने अन्य धेरै घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार बाक्लो कुहिरोका कारण कम दृश्यात्मकता हुँदा सो दुर्घटना भएको हो। 

पञ्जावको सरगोधा जिल्लामा भएको यस दुर्घटनामा ट्रक सडकबाट चिप्लिएर सुक्खा नहरमा खसेको रेस्क्यु ११२२ ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालहरूमा लगिएको थियो। उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १४ पुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार