प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव

Nagarik Sewa 4693+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो । प्रधानमन्त्री भएपछि वालेन्द्र शाहसँग पहिलोपटक एकजना मात्र विदेशी राजदूतको रूपमा श्रीवास्तवले शिष्टाचार भेट गरेका हुन् ।

प्रधानमन्त्री शाहले यसअघि प्रोटोकल नमिल्ने भन्दै विदैशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिएका थिएनन् । दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ ।भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।  प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । 

सोमबार नै नेपालका लागि चिनियाँ राजदूतले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार